
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका बडालले करिब एक वर्षअघि जिम्मेवारी सम्हालेका थिए।
राष्ट्रपति कार्यालयले आज महान्यायाधिवक्ताको कार्यालयमा पठाएको जानकारीअनुसार बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका थिए। यो विवरण सार्वजनिक भएसँगै न्याय प्रशासनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।
बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते नियुक्त गरेका थिए। तर, उनले व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे