
काठमाडौँ , ७ भदौ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । आज बिहान मर्स्याङ्दी नदीको किनारमा भारतीय यात्रुवाहक बस मर्स्याङ्दीमा भारतीय यात्रुवाहक बस खस्यो बस खसेको थियो । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । यात्रुवाहक बस दुर्घटनामा ४३ जना यात्रु भएको पुष्टि भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना भएको बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए। दुर्घटना भएको गाडी पोखराबाट काठमाडौंँ जाँदै गरेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार, दुर्घटनाको कारण अत्यधिक बर्षा र चिसोले सडकमा चिप्लो बनेको हुनसक्ने जनाएको छ।उद्धारकर्मीहरु घटनास्थलमा तैनाथ छन् र अझै पनि शव र घाइतेहरुको खोजी जारी रहेको छ।विपत्तिको सूचना प्राप्त गर्ने बित्तिकै नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनसमुदाय उद्धारमा जुटेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे