
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न पछि नहट्ने स्पष्ट पारेकी छन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सरकारले नियमित कामसँगै सुशासनको लागि तीव्र गतिमा काम गरिरहेको दाबी गरिन ।
उनले भनिन्, भ्रष्टाचारविरुद्ध काम गर्दा धम्की आए पनि सरकार नडराउनेछ। उहाँले यो सरकार केवल चुनावी सरकार नभई जेनजी आन्दोलनको माग र सुशासनको चाहनामा बनेको सरकार भएको बताए। उनले भने, जेनजीका मागअनुसारका अपेक्षित उपलब्धि पाउन समय लाग्छ, तर भ्रष्टाचारमाथि कठोर कदम चाल्न सरकारले पछि हट्ने छैन।
प्रधानमन्त्री कार्कीले राज्यका स्थापित संयन्त्रहरु पहिले नै क्रियाशील भइसकेको र त्यसको प्रयोग गरी भ्रष्टाचार नियन्त्रणमा काम गरिने पनि जानकारी दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे