
काठमाडौँ, पुस २०। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । जसरी मन लाग्यो त्यसरी आफूखुसी खर्च गर्न पाउँदैन् यसको प्रकिया हुन्छ उनले भनेका छन् । राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
उनले नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्च गर्ने मापदण्ड र प्रक्रिया रहेको बताए। उनले भने, ‘भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन । त्यस्को प्रक्रिया छ । नगरपालिकाभित्र कुन प्रक्रियाबाट गर्न सक्ने, गाउँपालिकाबाट भित्र या अन्य, त्यो प्रक्रियाबाट गएरमात्रै हुन्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे