
काठमाडौँ, २० पौष । नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।
आज बिहान विज्ञप्ति जारी गर्दै उनले भारतीय राजदूताबासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने निर्णयबारे विरोध जनाएका हुन्। उनले यो सम्झौता राष्ट्रहित विरोधी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘सम्झौता बमोजिम अबदेखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका आयोजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ। एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो।’
गठबन्धन सरकारले गरेको सम्झौताले सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध आश्चर्यचकित र क्रुद्ध बनाएको भन्दै उनले यसलाई तत्कालै खारजे गरेर जनतासमक्ष सरकारले माफी माग्नुपर्ने पनि बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे