
काठमाडौँ, फागुन २१ ।सत्ता गठबन्धन टुटेको छ । नेकपा–एमाले र नेकपा–माओवादी केन्द्रले मिलेर काम गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसको गुट फुटेको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता बाँडफाँड गर्ने तरिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय काग्रेससगँको सहकार्यमा प्रधानमन्त्रीबाट विभिन्न कार्यकमहरुमा असन्टुष्ति व्यक्त गदै आएका थिए। संसदमा विबादिद मन्त्रिहरुको राजिनामा माग हुनुले नयाँ मन्त्रिपरिषद गठनले त्यस्को समाधान हुने र एमालेसगँको सहकार्य हुनेले पुष १० गतेको सत्ता गठवन्धनको सहमतिले सार्थकता पाउने दलका नेताहरुको जानकारी दिएका छन्।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्षको पछिल्लो समयमा देखिएको संयुक्त उपस्थितिले नयाँ मन्त्रिपरिषद गठन हुने छनक् देखिएको थियो। नयाँ मन्त्रिपरिषद गठनमा रास्वपाबाट पनि सहभागिता हुने जानकारी छ।
स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो । त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केहीबेर अघि आफ्नो सामाजिक सञ्जालमा लेख्दै सरकार परिवर्तन आजै र नयाँ मन्त्री परिषद पनि आजै गठन हुने बताएका छन्।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् । सानो मन्त्री मण्डलले आज सपथ लिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे