
काठमाडौँ, २८ फागुन । बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा खत्रीको माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा हिजो आइतबार मृत्यु भएको हो ।
फागुन २० गते काठमाडौँको कोटेश्वरमा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट सई खत्री घाइते भएका थिए ।
दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् । उनीमाथि प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे