
काठमाडौं, १७ जेठ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय निर्धारण भएको छ । बुधबारको तुलनामा आज सुनको तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको थियो । तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार नौ सयमा बिक्री भइरहेको महासङ्घले जनाएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे