
काठमाडौँ, ७ असार । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी वृद्धि भएको छ । यसदिन सुन प्रतितोला १९०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैंयाले बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे