
काठमाडौँ, ९ भाद्र । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला १००० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ५५ रुपैंयाले बढेर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे