
काठमाडौँ, २६ माघ । गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे आज गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे