
काठमाडौँ, फागुन १० । सरकारले यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा- रुवेलाको खोप अभियान सञ्चालन गर्दैछ । यो खोप नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई लगाईदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भारतसँग सीमा जोडिएका दादुरा९रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा यो खोप लगाइने छ ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि यँिह अभियानमै लगाइने यसका लागि सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।
उनका अनुसार ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको र ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे