
काठमाडौं, असोज २ | राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण उपलब्ध गराउन भन्दै पत्राचार गरेको थियो ।
गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय भएका बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा स्पष्ट पार्न पत्राचार गरेको हो ।सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय भोगिरहेका छन् ।
सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन सकेको छैन । गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय भएका बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा स्पष्ट पार्न पत्राचार गरेको छ ।
सिफारिसमा परेका अधिकांश व्यक्ति ज्यान मुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय पाएकाहरु छन् ।माग भएको विवरण समयमै पेश नभए उनीहरुको विषयमा प्रक्रिया अघि नबढाउने विषयमा राष्ट्रपतिको कार्यालयमा सोमबार बिहान अनौपचारिक छलफलसमेत भएको र संविधान दिवसको दिन फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफिको प्रकृया अघि बढ्ने सम्भावना न्यून रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे