
काठमाडौँ, २६ भाद्र । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्कनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुनुहुन्छ । नेकपा (एमाले) का पुराना कार्यकर्ता चापागाईं गतबर्ष पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । नेकपा एसका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज हुनुहुन्थ्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे