
काठमाडौँ, ४ चैत । जनता समाजवादी पार्टी (जसपा) की प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ।
काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान अन्सारीको निधन भएको हो ।
जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले आज एक विज्ञप्ती जारी गर्दै आइतबार बिहान ७ः५५ बजे अन्सारीको निधन भएको जानकारी दिए।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे