
काठमाडौँ ,४ माघ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे