
काठमाडौं – काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ ।
बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।
पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टहरुले आफ्नो शौचालय सर्वसाधारणका लागि नि:शुल्क खुला भएको घोषणा गरिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे