
काठमाडौँ, २३ चैत । नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकी १९ वर्षीया छात्रा करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अधिकारीले पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी थिइन ।
पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएको र घरबाट आएको भोलिपल्टै उनले आत्महत्याको प्रयास गरेकी थिइन ।
उनको अवस्थामा गम्भीर भएकोले अधिकारीलाई उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति निधन भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे