
काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। आज बिहान भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र बनाउन सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन्।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक बनाए। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे। यसअघि विनोद भण्डारी २७ रन बनाए।
पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले समान १/१ विकेट लिए। जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे