• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

३ घण्टा अघि
२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

३ घण्टा अघि
३

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

६ घण्टा अघि
४

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

७ घण्टा अघि
५

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

७ घण्टा अघि
६

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

९ घण्टा अघि
७

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

९ घण्टा अघि
८

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

९ घण्टा अघि
९

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

९ घण्टा अघि
१०

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

९ घण्टा अघि
११

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

९ घण्टा अघि
१२

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

११ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८० आश्विन १२, शुक्रबार (२ साल अघि)

पढ्नलाई उमेरले छेक्दैन

  • 1,938 Views
  • बाँके ,  असोज १२ । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई सिकाउने शिक्षिका हुनुहुन्छ । तर उहाँ शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुनुहुन्छ ।

    दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहनुभएको छ । उमेरले ५१ वर्ष पुगिसक्नुभएकी दुजीकुुमारीलाई उहाँका नातिले पढ्नका लागि हौसाएको बताउनुहुन्छ । “नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ”, दुजी भन्नुहुन्छ ।

    बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको वचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उहाँको भनाइ छ । “मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला”, उहाँ भन्नुहुन्छ ।

    आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउनुहुन्छ । “मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्”, उहाँले भन्नुभयो, “ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ”, उहाँले भन्नुभयो, “मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।”

    पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आउनुभएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्नुहुन्छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उहाँले बताउनुभयो । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उहाँले बताउनुभयो ।

    उहाँले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्नुहुन्छ । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उहाँले बताउनुभयो । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उहाँको भनाइ छ ।

    शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताउनुभयो । कक्षामा उहाँ शिक्षकले पढाएको मज्जाले बुझ्नुहुन्छ । दिएको गृहकार्य पनि सबै गरेर आउनुहुन्छ । अक्षर पनि निकै सफा छ उहाँको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उहाँको जीवनको एउटै धोको छ ।

    दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गर्नुहुन्छ । प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याई हुन्छ । कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्नुहुन्छ ।

    प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपश्चात् पारिवारिक बन्धनमा बाँधिनुभएकी उहाँले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माउनुभयो । सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो । समय बित्दै गयो । प्रेमकुमारी पनि छ सन्तानको आमा बन्नुभयो । एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उहाँको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाइलाई उहाँले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सक्नु भएन ।

    “विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ”, तर घरमा त्यो वातावरण नै भएन । श्रीमान्को माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ”, उहाँले भन्नुभयो, “भगवान्ले भन्नुहुन्छ तँ आँट म पुर्याउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे भगवान्ले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो ।”

    पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ प्रेमकुमारी । आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उहाँ नियमित स्कुल जाने गर्नुहुन्छ । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छाड्नुभएकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उहाँले बताउनुभयो ।

    “मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ । मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो”, उहाँले भन्नुभयो, “कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।” आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाउनुभएका श्रीमान् जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उहाँ नियमित स्कुल जान पाइरहनुभएको छ ।

    “स्कुल गएर पढ्छु भन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौ नि भनेर पढ्नलाई अनुमति दिनुभयो”, खुसीको आँसु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमानले पढ्नलाई अनुमति दिएको कुरा सुनाउनुभयो ।

    प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । “बुढेसकालमै भए पनि श्रीमानले स्कुल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ”, उहाँले भन्नुभयो, “बुढेसकालमै भए पनि श्रीमानले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।”

    प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्नुहुन्छ हरिकला नेपाली पनि । उहाँले उमेरले ३६ वर्षको हुनुभएको छ । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताउनुभयो । उहाँका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उहाँलाई हौसला दिएको बताउनुभयो ।

    “पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो”, हरिकलाले भन्नुभयो, “छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।” हरिकलालाई वैदेशिक रोजगारमा रहनुभएका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उहाँले बताउनुभयो ।

    पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहनुभएकी हरिकलालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उहाँलाई अहिले लाज हराएको बताउनुभयो । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगिसरा खाणलाई मान्नुहुन्छ । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण ।

    ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उहाँहरू स्कुल आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।” सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    ३ घण्टा अघि

  • २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    ३ घण्टा अघि

  • ३

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ६ घण्टा अघि

  • ४

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    ७ घण्टा अघि

  • ५

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ७ घण्टा अघि

  • ६

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ९ घण्टा अघि

  • ७

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ९ घण्टा अघि

  • ८

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ९ घण्टा अघि

  • ९

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ९ घण्टा अघि

  • १०

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution