
काठमाडौँ, ५ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली ३ दिनसम्म बन्द हुने भएको छ। नेप्सेले हिजो बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने जानकारी दिएको हो।
दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जानकारी दिएको छ ।
यसअघि पनि विद्युत मर्मतसम्भारका लागि गत पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे