
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकी हुन् ।
उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघमा फोर्स कमाण्डर हुनुका साथै सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे