
काठमाडौँ, २५ असोज । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ।
इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताए ।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ। इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे