
काठमाडौँ, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ को चुनावमा हाइज्याकरहरुको अन्त्य गरेपछि मात्रै देश बन्ने दाबी गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जाल मार्फत राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन्।
संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुने उनको दाबी छ।
‘मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ,तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ’, सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे