
दार्चुला ५ माघ | दार्चुलामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान ६ बजे सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र।०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका – ५ मा दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको र दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे