
काठमाडौँ, १८ फागुन । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लगातार दुई खेल हारेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल विहान साढे ११ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । नेपाललाई फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक रहेको छ । नामिबियासँग आज नेपाल पराजित भएमा औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे