
जनकपुर, २० फागुन । धनुषाको जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
आइतबार जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत प्र २–०२–००१ क ०४३१ नम्बरको स्कूल बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिव्र गतिमा आएको बसले विवाहको लागि मटकोर विधि गर्न पोखरीबाट माटो बोकेर गइरहेकी यादवसहितका महिलालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका छन् ।स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।
स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे