
झापा, १३ पौष । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका– ११ का ४६ वर्षीय मेघराज राई रहेका छन् ।
बिहीबार मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि हात्ती धपाउने क्रममा राईलाई हात्तीले कुल्चिएर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
राईको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे