
झापा, फागुन ९ । गत शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँमा आत्मदाहको प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गरेकी थिइन ।
मायाले घरायसी समस्याका कारण उनले छोरी वर्षालाई शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन । गम्भीर घाइते भएकी रम्तेलको आज मृत्यु भएको छ भने छोरी वर्षाको शुक्रबार नै मृत्यु भएको थियो ।
उनको साथबाट सुसाइड नोट फेला परेको छ जाँहा श्रीमान् राजन विक अन्य महिलासँग सम्बन्धमा रहेका कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको कुरा उल्लेख रहेको छ । उनको श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे