
काठमाडौँ , २२ चैत | बुधबार राति पक्राउ परेका गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई पक्राउ परेका थिए । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । उनलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे