
काठमाडौँ , २९ चैत | लगातार बढिरहेको सुनको मूल्य आज बिहीबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। आज हिजोको तुलनामा प्रतितोला दुई सयले घटेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे