
काठमाडौँ, ३० साउन । नेपाली बजारमा आज (बुधबार ) सुन–चाँदीको मूल्य घटेको छ। हिजो मंगलबार प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँ रहेको छापावाला सुन आज प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे