
काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार नयाँ मूल्यसूची शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे