
काठमाडौँ ,३१ भदौ | काठमाडौं तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ । गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ।
भण्डारीले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग माफीसमेत मागे । बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
शुक्रबार राति गैरीगाउँस्थित दिव्य समिलमा ११ः५५ बजेको समयमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काठ मिलमा गेटपालेको काम गर्ने कुमार भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका नवीन राईको हत्या भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे