
बिर्तामोड, ८ चैत । झापाको पृथ्वीनगरमा एक जनाले खन्तीले हानेरआफ्नै साथीको हत्या गरेका छन् । बिहिबार बिहान ५ बजे अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पुरानो रिसिविले हत्या गरेको हुन सक्ने बताइएको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे