
काठमाडौँ, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् ।
कोशीको मुख्यमन्त्री पदमा गठबन्धनबाट दुईजनाले ४७/४७ सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गरेको भन्दै प्रदेश प्रमुख परशुराम खार्पुङले आज सांसदहरुलाई सनाखतका लागि बोलाएका थिए ।
बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए। आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने समय दिइएको थियो । प्रदेश प्रमुखले दाबी गर्नका लागि दिएको समय सकिएपछि कांग्रेसको विद्रोही समूहका ८ जना र नेकपा एमालेका ३९ जना सांसद शुक्रबार बेलुका प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे