
काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
आज नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा उनले ८० बलमा ६ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतको हो।
५८ रन जोड्दै ३ विकेट गुमाइसकेको नेपाललाई कप्तान रोहितसँग मिलेर उनले सय रन समेत कटाएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे