
काठमाडौँ, २० पौष । काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको छ ।
बिहान पौने ६ बजे मापन गर्दा काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री रहेकोमा पौने ९ बजे मापन गर्दा घटेर तीन दशमलव पाँच डिग्रीमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे