
काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन्। कोषका संरक्षक रही आएकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन्।
श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव थिए। आफ्नै प्रमुख स्वकीयलाई कोषमा मनोनीत गरेको निर्णयपछि प्रधानमन्त्री कार्कीको आलोचना व्यापक रूपमा भएको छ।
विशेषज्ञ तथा राजनीतिक विश्लेषकहरूले यस नियुक्तिलाई पारिवारिक र नजिकको सम्बन्धमा आधारित मनोनीतिका रूपमा व्याख्या गर्दै विवादित कदमको रूपमा टिप्पणी गरेका छन्। नियुक्तिपछि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा कुनै स्पष्टीकरण नदिँदा सामाजिक सञ्जाल र सञ्चार माध्यममा बहस बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे