
काठमाडौं , ३ फागुन। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् ।सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
मृतकहरुमा भीमदत्त नगरपालिका १६ का सन्जु थापा , रौतहट औरही ३ का नारायणबहादुर भण्डारी, भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, पुनर्वास नगरपालिका ९ की विमलादेवी भट्ट , भारत उत्तरप्रदेश मुरादाबादका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ का राहुलराम कामी, भीमदत्त ४ का उमेश भण्डारी, भीमदत्त नगरपालिका का सुदीप भट्ट र पुनर्वास नगरपालिका का विसनदत्त भट्ट रहेका छन् ।
दुर्घटना कपिलवस्तु र दाङको सीमा क्षेत्र आसपास हो । उनका अनुसार बसमा ४० जना यात्रु थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे