
काठमाडौँ, १४ भाद्र ।एसिया कप २०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।
हिजो बुधबारदेखि सुरु भएको एसिया कपमा भारतसँग हुने दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते सोमबार भारतसँग श्रीलंकामा खेल्नेछ ।
पाकिस्तानको मुल्तान खेल मैदनमा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग फराकिलो अंकले पराजित भएको थियो ।
नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे