
काठमाडौँ, असोज १२ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षका लागि अब दुईजनामात्र मैदानमा देखिएका छन् । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् ।
अब दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।
नेतृत्व चयनको प्रक्रिया केहीबेर अघि मात्रै शुरु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे