
काठमाडौँ , पुस ३ | नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग यात्रा गर्न लागेको हो ।
एमालेका महासचिव शंकर पोखरेलले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसबारे जानकारी दिएका हुन् । पोखरेलले हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने बताएनन् ।
उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको पनि बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे