
काठमाडौँ, असोज २५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ ।
उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उपराष्ट्रपति कार्यालयको अनुसार डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको हो ।
उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे