
काठमाडौँ , ३० असोज | इजरायलमा अलपत्र परेका थप १९ नेपाली नागरिकलाई नेपाल सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए।
‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने । उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी सकेको छ ।
इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेको थियो ।
यी हुन् उद्धार गरिएका १९ नेपाली :
नन्दसिंह भुल,सुजेन्द्र खड्का,प्रतिभा रौनियार , अनुमा डंगोल, हिना खाँण ,आतिस गुरुङ, जुनु गुरुङ,मौसमी पाख्रिन, प्रतिमा तिम्सिना,राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल , ममता थापा,दिलकुमारी अधिकारी कार्की,निश्चल श्रेष्ठ , अम्बिका सुवेदी ,सिरता गुरुङ, उर्मिला श्रेष्ठ ,समिता बस्नेत
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे