
काठमाडौँ, ४ असोज । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । यो दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यो वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस स् आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ छ। संयुक्त राष्ट्र संघले शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको भन्दै शान्ति प्रवर्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन्।
संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ। अहिले अन्तर्राष्ट्रिय कानुनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ । सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे