
काठमाडौँ , फागुन ६ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । यादवले आज तेस्रोपटक विश्वासको मत लिने भएका हुन् । उनले आज २ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा ९एमाले०ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे