
काठमाडौँ , १० माघ | आजबाट शहीद सप्ताह शुरु भएको छ । शहीदहरुको सम्झनामा हरेक बर्ष शहीद सप्ताह मनाउँने गरिएको छ । शहीद सप्ताह आजदेखि माघ १६ गतेसम्म मनाउने गरिन्छ ।
शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्ने गरिन्छ । वि.सं. १९९७ माघ १० गते शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो त्यस्तै माघ १३ गते धर्मभक्त माथेमालाई र गंगालाल श्रेष्ठलाई गोली हानेर मृत्युदण्ड दिएका थिए ।
माघ १५ गते दशरथ चन्दलाई राणाले गोली हानेर मृत्युदण्ड दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे