
काठमाडौँ, २२ असोज । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सरोकारवालाहरुबीचको छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।
यसअघि दशैँ सुरु हुनुभन्दा एक महिना अगाडि टिकक बुकिङ खुला हुने भएपनि यसपाली यातायात ब्यवसायीहरुले भाडा बढाउनु पर्नै माग राखेपछि ढिलो गरी सुरु हुन लागेको हो ।
दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे