
काठमाडौँ, चैत ५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउँदै छन् । उनी आज चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन् । काठमाडौंमा बार्कलाई क्यानले स्वागत गर्ने छ ।
चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री बर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्नेछन् ।
यसैगरी मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्ने छन् । उनी विहीवार विहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे